सोमबार, कार्तिक ४, २०७६
    अध्यात्म चर्चा

    योग शिक्षा पढ्न वार्षिक १ हजार चिनियाँ विद्यार्थी नेपाल आउने

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ४ भदाै ।

    नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीका लागि विश्वमै प्रचलित मानिन्छ । चीनले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी अध्ययन गर्न आफ्ना देशका विद्यार्थीलाई नेपाल पठाउने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रम बनाएपछि चीन सरकारले वार्षिक १ हजार आफ्ना विद्यार्थीलाई योग शिक्षा अध्ययनका लागि नेपाल पठाउने इच्छा व्यक्त गरेको हो ।

    चीनको बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो। लिउ सिआओ थिङले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग बुधबार सिंहदरबारमा भेट गरि योग शिक्षा अध्ययन गर्न नेपाल उपयुक्त मुलुक भएकोले विद्यार्थी पठाउन तयार रहेको बताएका थिए ।

    काठमाडौंमा मंगलबारदेखि जारी मार्क्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रोफेसर थिङ नेपाल आएका हुन् । भेटमा शिक्षामन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको विषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए ।

    मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय देशको अहिलेको आवश्यकताको भएको भन्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast