सोमबार, मंसिर २, २०७६
    ब्राण्ड/संगठन

    सामाजिक सेवामा जनता बैंक : जनभोजनका लागि रु. २ लाख सहयोग !

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ४ भदौ । 

    प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनका लागि जनता बैंकले रु. २ लाख सहयोग हस्तान्तरण गरेको छ । जनभोजन कार्यक्रमको कार्यालय रहेको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमकाबीच बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

    प्रेमसागर फाउण्डेसनले संचालन गरेको जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउँदै आएको छ । साथै, संस्थाले धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५ सय बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ ।

    दैनिक झण्डै रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । 

    धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अघिदेखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आइरहेको छ ।

    उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast