बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    काठमाडौँ आइपुगे भारतीय विदेशमन्त्री एस जयशंकर, संयुक्त बैठक आजदेखि

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ४ भदौ 

    भारतका विदेशमन्त्री एस जय शंकर केही बेरअघि काठमाडौं आइपुगेका छन् । 

    उनी बंगलादेशको तीन दिने भ्रमण पूरा गरेर ढाकाबाट सीधै नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन नेपाल आएका हुन् ।

    उनलाई त्रिभुवन विमानस्थलमा नेपालका परराष्ट्र सचिव शंकर बैरागी र भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरेका थिए । साे अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी पिन उपस्थित थिए । आजदेखि सुरु हुने बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्दैछन् । 


    बैठकले दुई देशका सम्बन्धका सबैजसो पक्षका बारेमा सम्बोधन गर्ने जनाइएको छ । जसमा कनेक्टिभिटी, आर्थिक साझेदारी, व्यापार र पारवहन, ऊर्जा र जलश्रोत , संस्कृति, शिक्षा र अन्य दुई पक्षीय चासोका विषयहरु एजेण्डाको रुपमा रहेको जनाइएको छ । 

    आयोग सन् १९८७ मा स्थापना भएको हो । यसअघिको चौथो बैठक गएको सन् २०१६को अक्टोबरमा नयाँ दिल्लीमा भएको थियो । 

    भारतीय विदेशमन्त्रीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

    उनलाई आज परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोज दिनेछन् । उनी भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast