सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    ‘द गर्ल वन द ट्रेन’को रिमेकमा यस्ताे छ परिणितीकाे फस्ट लुक

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    मुम्बई, ४ भदाै ।

    बलिउड नायिका परिणिती चोपडा अहिले हलिउड चलचित्रकाे हिन्दी रिमेकमा व्यस्त छिन् ।हलिउड चलचित्र ‘द गर्ल वन द ट्रेन’को हिन्दी रिमेकमा परणितीले मुख्य भूमिका निर्वाह गरिरहेकी हुन् । यस चलचित्रलाई अहिले सम्म नाम दिइएको छैन।

    भर्खरै परणितीको फिल्ममा रहेकाे लुक्स सार्वजनिक भएको छ । दुई तस्विरमा परणितीको लुक्स सार्वजनिक गरिएको हो । सार्वजनिक तस्विरमा परणितीलाई चोट लागेको देखाइएको छ । एक तस्विरमा परणितीको निधारमा चोट लागेको छ भने अर्को तस्विरमा आखाँमा दाग छ ।

    सार्वजनिक तस्विरले पनि चलचित्र महिला हिंसामा छ भन्ने पत्तो पाउन सकिन्छ ।रिभु दसगुप्ताको निर्देशनमा बनिरहेको चलचित्रमा आदिती रोय, कृति कुल्हरी र अभिनाश तिवारीको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई रिलायन्स इन्ट,रटेन्टमेन्टले निर्माण गर्न लागेको हो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast