बिहिवार, असोज २, २०७६
    आर्थिक खबर

    ३ दिनदेखी स्थिर सुनकाे मूल्य फेरि बढ्याे, कति पुग्याे ?

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ४ भदाै ।

    नेपाली बजारमा ३ दिनदेखि स्थिर रहेकाे सुनकाे मूल्य फेरी बढेकाे छ । बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हाे।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारका लागि प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबारदेखि ७१ हजारमा काराेबार भएकाे सुनकाे मूल्य आज प्रतिताेला ७१ हजार ३ सय पुगेकाे हाे । 

    यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर ७१ हजार रुपैयाँ कायम भएको सुनको मूल्य तीन दिन स्थिर थियो। बुधबार फेरि ३ सयले बढेको हो। सुनसँगै चाँदीको भाउ पनि थोरै बढेको छ। चाँदी तोलामा ५ रुपैयाँले बढेर ८ सय ३० रुपैयाँ पुगेको छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast