बिहिवार, असोज २, २०७६
    बिदेश

    अमेजन जंगलमा आगलागी : २७ सय किलोमिटर पर दिउँसै अँध्यारो !

    बुधबार, ४ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ४ भदौ । 

    ब्राजिलको नेशनल इन्स्टिच्युड फर स्पेस रिसर्च (इनपे) ले प्राप्त गरेको नयाँ स्टेलाइट तथ्यांक अनुसार यो वर्ष अमेजन रेनफरेस्टमा डढेलो लाग्ने क्रम अत्याधिक मात्रामा बढेको छ ।

    ब्रजिलको धेरै पानी पर्ने अमेजन वनक्षेत्रमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै डढेको लागेको तथ्याङ्क देशको अन्तरिक्ष निकायले सार्वजनिक गरेको छ ।

    गएको वर्षको सोही अवधिको तुलनामा यो वर्ष अमेजन रेनफरेस्टमा डढेलोको मात्रा ८३ प्रतिशतले बढेको स्याटेलाइट तथ्यांकले देखाएको इनपेले उल्लेख गरेको छ ।

    वनमा लागेको डढेलोबाट निस्किएको धुँवाका कारण साओ पाउलो सहरमा दिउँसै अन्धकार भएको थियो ।

    एउटा शक्तिशाली हावाको वेगले रोन्डोनिया र अमेजोनास राज्यमा फैलिएको वनबाट डढेलोको धुँवा ल्याएपछि २७ सय किलोमिटर पर अवस्थित उक्त सहरमा एक घण्टा अँध्यारो भएको थियो ।

    केही हप्ताअघि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले इनपेका प्रमुखलाई बर्खास्त गरेका थिए । वन फडानी सम्बन्धी गलत तथ्यांक सार्वजनिक गरेको आरोप लगाउँदै राष्ट्रपति बोल्सोनारोले इनपेका बर्खास्त गरेका हुन् ।

    बोल्सोनारोले आफू सत्तामा आएदेखि किसान तथा काष्ठ व्यवसायीलाई अमेजन वन फडानी गर्न प्रेरित गरेको संरक्षणवादीको आरोप छ । अमेजन रेनफरेस्टमा लागेको आगोका कारण निस्किएको धुवाँले गर्दा साओ पाओलो शहरमा सोमबार दिउँसो ब्ल्याकआउट भएको थियो ।

    अमेजोनास र रोन्डोनिया राज्यमा पर्ने अमेजन रेनफरेस्ट क्षेत्रमा लागेको आगो तथा त्यहाँबाट चलेको हावाका कारण सोमबार दिउँसो झण्डै एक घण्टा साओ पाओलोमा ब्ल्याकआउट भएको थियो । आगलागी भएको क्षेत्र साओ पाओलोबाट २७ सय किलोमिटर भन्दा पर पर्छ ।

    यो वर्षको जनवरीदेखि अगस्टसम्ममा अमेजन जंगलमा आगलागीका ७२ हजार घटना भएको इनपेले उल्लेख गरेको छ । यो गएको वर्षको सोही अवधिको तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०१३ यता इनपेले अमेजनमा हुने आगलागीका घटनाको तथ्यांक राख्न थालेयता यो सबैभन्दा बढी हो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast