सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    भिजिट नेपाल–२०२० को प्रचार अमेरिकाकाे न्युयाेर्कमा पनि

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    न्यूयोर्क, ३ भदौ ।

    नेपाल भ्रमण वर्ष २०२० को प्रचार अमेरिकाको न्यूयोर्कमा पनि गरिएकाे छ । मंगलबार न्यूयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिभलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको हाे ।

    क्वीन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल राखेर  नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको हो । कार्यक्रममा नेपालको परिचयका साथै भ्रमण वर्षबारे पर्चा, पम्प्लेट र पुस्तिका समेत वितरण गरिएको क्वीन्स नेप्लिज लायन्सका अध्यक्ष पुरुषोत्तम पन्थीले बताए।

    प्रचार सामग्रीमा विश्व सम्पदा सूचिमा सुचिकृत नेपालका स्थान, ट्रेकिङ, साहसिक खेल, राष्ट्रिय निकुञ्ज, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथा, विभिन्न ताल, मुक्तिनाथ लगायतबारे जानकारी राखिएको थियो ।

    अध्यक्ष पन्थीले सिनेटर रामोस र उनको टीमलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराउदै सहयोगका लागि आग्रह समेत गरेका थिए । अमेरिकाको न्यूयोर्क सबैभन्दा धेरै आप्रवासीको बसोबास रहेको ठाउँ हो ।

     

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast