सोमबार, कार्तिक ४, २०७६
    ओएमजी Omg!

    यस्ता छन् युवतीको मन जित्ने तरिका !

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ३ भदौ । 

    आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरूषप्रति युवती चाँडो आकर्षित हुन्छन् ।

    मानिस कस्तो भन्ने उसको चरित्रले दर्शाउने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा छैन । कत्तिको इमान्दार छ, घरपरिवार प्रति कति जिम्मेवार छ, समझदार छ कि छैन रु आदि कुरामा युवतीहरु धेरै केयरफुल हुन्छन ।

    अर्को पर्सनालिटीमा ध्यान दिनुपर्छ । कन्फीडेन्टका साथ् आफ्ना कुरा राख्न सक्ने, भाद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरुषपर्ती युवती चाँडो आकर्षित हुन्छन ।

    अनुहार राम्रो मात्र हुँदैन । उसमा कुनै ट्यालेन्ट हुनुपर्छ । सबैमा कुनै न कुनै खुवी हुन्छ । कोहि गित गाउन सिपालु होला, कोहि लेख्न सिपालु होला, कोही खेलकुदमा, कोही पढाइमा, कोही चित्रकलामा त कोही कुनै विधामा यस्ता प्रतिभाका कारण पनि कुनै युवती तपाइँप्रति आकर्षित हुन सक्छे ।

    इमान्दार पुरुष युवतीलाई मन पर्छ । प्रेम सम्बन्ध गासिनुपुर्व तपाई कसैको साथि मात्र हुनुहुन्छ भने उसले तपाइको इमान्दारिता जाँचेको हुन् सक्छ, कत्तिको इमान्दार छ, घरपरिवारप्रति कति जिम्मेवार छ, समझदार छ कि छैन रु आदि कुरामा युवती धेरै केयरफुल हुन्छन ।

    सकेजति खुल्न सक्नुपर्छ । अन्तरमुखी स्वभावका पुरुष शंकास्पद देखिन्छन । आफ्नो सबै विवरण दिन, सुख दुखका कुरा साटा–साट गर्ने , इच्छा, चाहाना र रोजाइबारे जानकारी लिने र दिने गर्नुपर्छ । यस्तो अग्रसरताले आकर्षण बढ्छ ।

    ‘सेन्स अफ ह्युमर’ अर्को महवपूर्ण पक्ष हो । सानातिना समस्या आफै समाधान गर्न सक्ने हुनुपर्छ । कुन समयमा कसरी प्रस्तुत हुने र को सँग कस्तो व्यवाहार गर्ने आदिबारे ख्याल हुनुपर्छ । कसैको ‘कम्पनि’ मा बस्न रुचाउने, खुल्ने छिटै घुलमिल हुने, अरुलाई हसाउन सक्ने हुनुपर्छ ।

    बौद्धिकता पनि चाहिन्छ । हेरेर समस्याको समाधान गर्न सक्ने, कडा परिस्थिततिको ‘ट्याकल’ गर्न सक्ने हुनुपर्छ। अरुलाई सल्लाह सुझाव दिन सक्ने, धेरै कुराको ज्ञान भएको, मेहनेती भए अझ सुनमा सुन्गंध नै हुन्छ ।

    अफ्ठ्यारो स्थिति आयो भने यो सँग जीवन कटाउन सक्छु भन्ने खालको फिलिङ युवतीमा जगाउन सक्नुपर्छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast