सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    नेपाल वायु सेवा निगमले अब काठमाडौँबाट सोझै जापान उडान गर्ने

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ३ भदौ ।

    नेपाल वायु सेवा निगमले एअरबस- ३३०- २०० ठूलो जहाजबाट नेपाल- जापान उडान भर्न लागेको हो ।

    निगमले  अगस्ट २९ (भदौ १२ गते)बाट काठमाडौं- ओसाका (जापान) सीधा उडान भर्ने भएको छ ।

    निगमले सातामा तीन पटक उडान भर्ने गरी नयाँ रुट तय गरेको निगमका कार्यकारी निर्देशक मदन खरेलले मङ्गलबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

    उडानको सबै प्रक्रिया पूरा भइसकेको उनको भनाइ छ । एअरबसको २७४ सिट क्षमता छ ।

    जापानकै नारिता सहरमा पनि उडानका लागि निगमले प्रस्ताव गरेको खरेलको भनाइ छ ।

    स्वीकृतिको प्रकृया अन्तिम चरणमा पुगेको खरेलले जानकारी दिए। निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहालका अनुसार आगामी जनवरीबाट नारितामा उडान सुरु गर्ने तयारी निगमको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast