बिहिवार, कार्तिक २८, २०७६
    मुभी-थिएटर

    दक्षिण कोरियाकाे 'सिओल' अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हन्ड्रेड रुपिज’

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    काठमाडौं, ३ भदाै ।

    सिओल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हन्ड्रेड रुपिज’ मनोनयनमा परेको छ। दक्षिण कोरियामा सेप्टेम्बर २६ देखि २६ सम्म हुने यो महोत्सवमा विभिन्न विधा मध्ये ‘सर्ट मुभि’ विधामा नेपाली चलचित्र ‘हन्ड्रेड रुपिज’ परेको हो।

    सिओलको इमु आर्टस्पेयर, डेयहान सिनेमा, आई आर्ट सिउल स्पेर र नामसान केमेस्ट्रि’ मा चलचित्रहरु प्रदर्शन गरिदैछ। यो महोत्सवमा १ सय २२ वटा चलचित्रहरु प्रदर्शन हुँदैछन्।

    चलचित्र ‘हन्ड्रेड रुपिज’ सत्यमा आधारित चलचित्र हो। उत्प्रेरणादायी यो कथा गिटी कुट्ने आमा र भिख माग्ने छोरीमा केन्द्रित छ। यो कथामा महिलाहरु समाजमा यौन दुर्व्यवहारको जोखिममा छन् भन्ने प्रस्तुत गर्न खोजिएको छ।

    यो चलचित्रमा नायिका दिया मास्के र श्रीतिशा श्रेष्ठ मुख्य पात्र रहेका छन्। चलचित्रमा पुस्पन प्रधानको संगीत छ। चलचित्रलाई रविन आचार्यले खिचेका हुन् भने टी आर गौडेल सम्पादन गरेका हुन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast