सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    बलिउड महानायक अमिताभ बच्चनकाे कलेजो ७५ प्रतिशत खराब

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    मुम्बई, ३ भदाै ।

    ‘कौन बनेगा करोडपती’ का सञ्चालक अमिताभ बच्चन शोको ११ औं सिजन  व्यस्त छन् । बलिउडका महानायक भनिने बच्चन पछिल्लाे समय ‘कौन बनेगा करोडपती’ का लागि चर्चामा रहदै आएका छन् ।

    शोको ११ औं सिजन सोमबार रातीदेखि सोनी च्यानलमा सुरु भइसकेको छ । ११ औं सिजन सुरु हुनुअघि अमिताभले आफ्नो जीवनबारे केही बताए । निकै फिट देखिने अमिताभको ७५ प्रतिशत कलेजो खराब भइसकेको छ । यसबारे अमिताभ आफैंले जानकारी दिएका हुन् ।

     

    ७६ वर्ष पुगिसकेका अमिताभ बच्चन एक च्यानलको कार्यक्रममा उपस्थित थिए । त्यहाँ उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’

    अमिताभ बच्चन यो उमेरमा पनि फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ तर उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिँदैनन् ।  

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast