सोमबार, असोज ६, २०७६
    विज्ञान/प्रविधि

    सुमार्गीको टेलिकम कम्पनीको लाइसेन्स खारेज, ७९ करोड फ्रिक्‍वेन्सी दस्तुर तिर्न बाँकी

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, ३ भदाै ।

    व्यवसायी अजयराज सुमार्गीकाे टेलिकम कम्पनीको लाइसेन्स खारेज भएकाे छ । मुलुकको दूरसञ्‍चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्‍चार प्राधिकरणले सुमार्गी सञ्‍चालक रहेको नेपाल स्याटेलाइट टेलिकम प्रालिको अनुमतिपत्र 'लाइसेन्स' खारेज गरेको हाे।

    तोकिएको म्यादभित्र फ्रिक्‍वेन्सी दस्तुरवापत ७९ करोड रुपैयाँ चुक्ता नगरेपछि प्राधिकरणको हिजो आइतबार बसेको सञ्‍चालक समिति बैठकले नेपाल स्याटेलाइटको लाइसेन्स खारेज गर्ने निर्णय गर्याे।

    ‘पछिल्लो तीन महिनाको म्याद दिएर बक्यौता फ्रिक्‍वेन्सी दस्तुर चुक्ता गर्न भनेका थियौं, तर चुक्ता नगरेपछि लाइसेन्स खारेज गरेका हौं,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने, ‘नेपाल स्याटेलाइटको म्याद भदौ १ मा सकिएको छ।’

    नेपाल स्याटेलाइटले ‘हेल्लो नेपाल’ ब्रान्डमा मोबाइल टेलिफोन सेवा सञ्‍चालन गर्दै आएको छ।प्राधिकरणका अनुसार गत वैशाखमा बसेको सञ्‍चालक समिति बैठकले फ्रिक्‍वेन्सी दस्तुरवापत् जेठ १ भित्र ७ करोड रुपैयाँ र भदौ १ भित्र बाँकी ७२ करोड रुपैयाँ चुक्ता गर्नुपर्ने निर्णय गरी नेपाल स्याटेलाइटलाई पत्राचार गरेको थियो।

    तर, नेपाल स्याटेलाइटले प्राधिकरणको पत्रलाई बेवास्ता गर्दै आएको थियो। उसले दूरसञ्‍चार प्राधिकरणलाई गत वैशाखदेखि कम्पनीको विवरण पनि बुझाएको छैन। त्यसबाहेक २०७५ चैतसम्म नेपाल स्याटेलाइटले आफ्ना ग्राहक संख्या ३ लाख २८ हजार ५ सय ३८ रहेको विवरण त्यसबेला पेस गरेको थियो।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast