बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    प्रधानमन्त्री ओलीले पहिलो पटक किन् बोलाए सर्वदलीय बैठक ?

    मंगलवार, ३ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, ३ भदौ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।  उनले प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठकको आह्वान गरेका हुन् । 

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसद्मा प्रतिनिनिधित्व गर्ने सबै राजनीति दलहरुलाई बोलाइएको छ।

    समसामयिक विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । 

    प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी चयन, विकास निर्माणलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast