बिहिवार, असोज २, २०७६
    लाइफस्टाइल

    धुम्रपानको कुलतबाट छुटकारा पाउन यस्ता उपायहरु अपनाउनुहोस्

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २ भदौ

    धुम्रपानबाट वर्षेनी विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउँछन् । धुम्रपान सेवनलाई नियन्त्रण गर्न सरकारले विभिन्न नितीनियमहरु कार्यान्वयन गरिरहेको हुन्छ र पनि धुम्रपान गर्नेको संख्या उल्लेख्य छ । कैयौ व्यक्तिहरु धुम्रपानको लत हटाउन धेरै प्रयास गरिरहेपनि सफल हुँदैनन् । धुम्रपानको कुलतबाट कसरी छुटकारा पाउने ? उपाय निम्न छन् : 

    १. बिहान उठ्नासाथ २ गिलास मनतातो पानी कागती र मह राखेर पिउनाले धुम्रपानको लत हटाउन सकिन्छ । 

    २. जब धुम्रपानको इच्छा हुन्छ त्यसलाई नियन्त्रण गर्नु एकदमै आवश्यक छ । 

    ३. धुम्रपान गर्ने इच्छा लागेको समयमा आरामसँग बसेर लामो श्वास तान्नुहोस्, र पानी पिउनुहोस यसले तपाइलाई धुम्रपानबाट टाढा पुर्याउँछ । 

    ४. अदुवा, अमला र काक्रोलाई मसिनो गरी काटेर सुकाउनुहोस र त्यसमा कागती, नुन राखेर बट्टा सधै आफूसँग राख्नुहोस । जब चुरोट पिउन मन लाग्छ, त्यससमयमा यस पेस्टको प्रयोग गर्न सक्नुहुन्छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast