शुक्रबार, मंसिर २०, २०७६
    स्वास्थ्य

    डडेल्धुरामा झाडापखालाको महामारी, ६६ सिकिस्त बिरामी

    सोमबार, २ भाद्र २०७६, आहाखबर
    डडेल्धुरा, २ भदौ
     
    परशुराम नगरपालिकामा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाबाट ६६ जना बिरामी परेका नगरपालिकाका स्वास्थ्य शाखा उपसंयोजक हिक्मत धामीले बताउनुभयो । 
     
    वडा नं ८ मा पर्ने जमरानी, गैरी गाउँ, गुप्टेगडाँ, सानुखोला लगायतका क्षेत्रमा शनिबारदेखि झाडापखालाको प्रकोप फैलिएको उहाँले बताउनुभयो । दुई जनाको जोगबुडास्थित अस्पतालमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको धामीले बताउनुभयो ।  
     
    झाडापखालाबाट बिरारी परेका अन्य ६३ जनाको वडा नं ८ को बर्थिङ्ग सेन्टरमा आपत्कालीन शिविर सञ्चालन गरेर उपचार भइरहेको स्वास्थ शाखाका फोकल पर्सन हरिप्रसाद भट्टले बताउनुभयो । 
     
    प्रदेश स्वास्थ्य निर्देशनालयको टोली पुग्यो 
     
    झाडापखालाको महामारी फैलिएपछि महामारी क्षेत्र जमरानी लगायतका गाउँमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक केसर साउद नेतृत्वको टोली पुगेको छ । आज महामारी क्षेत्रमा पुगी अनुसन्धान तथा नमूना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य निरीक्षक साउदले बताउनुभयो ।
     
    महामारीका कारण खानेपानीमा दिसाका जीवाणु  भेटिएका र अन्य परीक्षणका लागि स्वास्थ्य निर्देशनालयमा नमूना ल्याइएको छ । उहाँका अनुसार अहिले महामारी नियन्त्रणमा आइसकेको र थप सावधानीका लागि पहल भइरहेको  छ । 
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast