सोमबार, असोज ६, २०७६
    पर्यटन समाचार

    मानसरोवर यात्राका गर्ने क्रमममा एक तीर्थयात्रुको मृत्यु

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    रसुवा, २ भदौ ।

    मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र हुनुहुन्छ  । 

    मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा यही भदौ १ गते उहाँको निधन भएको थियो । ती यात्रुको शव आज बिहान ११.२० बजे रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

    यसअघि मानसरोवर जानेक्रममा गत साउन महीनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु  र साउन ३० गते  ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast