सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    ‘सत्य सत्य’ मा आर्यनकाे जाेडी बोल्ड प्रियङ्का

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २ भदाै ।

    गत साउन ३० गते प्रदर्शनमा आएकाे फिल्म 'हजार जुनी सम्म'काे नयाँ गीत सार्वजनिक भएकाे छ ‘सत्य सत्य’ बोल रहेको गीत प्रेमरसले भरिएको छ । 

    गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्की रोमान्टिक भूमिकामा देखिएका छन्  गीतमा प्रियंकाको बोल्ड अन्दाज समेत देख्न सकिन्छ । 

    प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले कोरेका हुन् ।  कथाको सस्बेन्स खुल्ने डरले गीत रिलिज अगाडि सार्वजनिक नगरिएको फिल्मका निर्देशक विकाशराज आचार्यले बताए । हुन त फिल्मको प्रचारमा पनि प्रियंका काहीँ कतै देखिएकी थिइनन् ।

    सायद त्यसैले फिल्ममा आर्यनको जोडी स्वस्तिमा खड्का हुन् भनेर धेरैले आड्कल काटेका थिए । दर्शकलाई प्रियंकाको पाटो सरप्राइज प्याकेजको रुपमा प्रस्तुत गर्न फिल्म प्रचारमा प्रियंका लुकाइएको निर्देशक आचार्यको भनाई रहेको छ । 

    फिल्ममा अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरि पौडेललगायतको समेत अभिनय छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन्।

    पछिल्लो समय फिल्म प्रदर्शनमा आएपछि पनि केही गीत संगीत सार्वजनिक गर्ने ट्रेन चलेको  छ। यसले फिल्म प्रदर्शनको समय दर्शकमा कौतुहल्ता बढाउदै प्रचारमा पनि बल पुर्याउने फिल्मकर्मीको बुझाई रहेको छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast