सोमबार, कार्तिक ४, २०७६
    राज्य-समाज

    कश्मीर विवाद : नेपालले मुख खोल्यो, यसो भने परराष्ट्रमन्त्रीले

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २ भदौ 

    नेपाल सरकारले जम्मु कस्मिरबारे आफ्नो धारणा व्यक्त  गरेको  छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नियमित पत्रकार सम्मेलनमा बोल्दै यो मुद्दाको समाधान दुई पक्षीय वार्ताबाट गरिनु पर्ने बताएका छन् ।

    ‘कस्मिर मुद्दालाई नेपालले नजिकबाट हेरिरहेको छ । त्यहाँ रहेका करिब ८० हजार नेपाली नागरिकको सुरक्षामा नेपालले चासो व्यक्त गरेको छ’, मन्त्री ज्ञवालीले भने । उनले कस्मिर मुद्दाको समाधान वार्ताबाटै खोजिनु पर्नेमा जोड दिए ।

    कस्मिरका नेपाली सुरक्षित रहेको जानकारी पाएको उनले सुनाए। यो विषयमा दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग मिलेर काम गरिरहेको उनको भनाइ थियो कस्मिरलाई भारतले आन्तरिक मामिला भएको बताउँदै आएको छ । 

    परराष्ट्रमन्त्री ज्ञवालीले कुटनीतिक भषामा भारत–पाकिस्तानको दुई पक्षीय मामिलाको रुपमा अर्थ लगाए ‘कस्मिरबारे दुई पक्षीय वार्ताबाट यो क्षेत्रमा शान्ति र स्थायित्व हुन्छ भन्नेमा हामी विश्वस्त छौं’, उनले भने, ‘वार्ताबाट शान्ति कायम गर्ने प्रयासलाई हामी प्रोत्साहन गर्दछौं ।’

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast