मंगलवार, भाद्र ३१, २०७६
    शेयर बजार

    राष्ट्र बैंकले लिलाम गर्यो आफ्नो स्वामित्वको सेयर, किन्ने आज अन्तिम दिन

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    काठमाडौँ, २ भदौ 

    राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर असार ३१ गतेदेखि बिक्री खुला गरेको हो । 

    नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर लिलामीमार्फत खरिद गर्ने सोमबार (भदौ २ गते) अन्तिम दिन हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
     
    केन्द्रीय बैंकले प्रतिसेयर न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले सोही मूल्यलाई न्यूनतम आधार मानेर आफूले खरिद गर्न चाहेको सेयरको दररेटसहित बोलपत्र पेश गर्नुपर्नेछ । यसमा नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार पुग्ने गरी आवेदन दिनुपर्नेछ । नेप्सेमा राष्ट्र बैंकको ३६.६०% सेयर छ । सोही सेयर बिक्री गरिएको हो । सेयर बेचेर राष्ट्र बैंक नेप्सेबाट बाहिर जान खोज्दैछ । 

    यसैगरी, नेप्सेमा नेपाल सरकारको ५८.६६%, एनआइडीसीको ६.१२% र सेयर ब्रोकरहरुको ०.६२% सेयर स्वामित्व रहेको छ । केन्द्रीय बैंकले नेप्सेको सेयर प्रिमियम भाउमा बेच्न लागेको हो ।

     

     


     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast