मंगलवार, भाद्र ३१, २०७६
    ओएमजी Omg!

    पूर्वयुवराज पारसले गरे ड्युटीमा रहेका प्रहरीमाथि हातपात (भिडियाेसहित)

    सोमबार, २ भाद्र २०७६, आहाखबर

    काठमाडौं, २ भदाै ।

    पूर्वयुवराज पारस शाह विभिन्न हर्कतका कारण विवादमा आइरहन्छन् । त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरेर पछिल्लो पटक विवादमा आएका शाह फेरि अर्को काण्डका कारण विवादित बनेका छन्।

    आइतबार दिउँसो शाहले त्रिभुवन विमानस्थलमा खटिएका एक प्रहरीमाथि दुर्व्यवहार गरे ।विमानस्थलको भिआइपी कक्षको सुरक्षामा खटिएका सईले शाहका छोरा र भान्जालाई चेकजाँच गर्न खोजेपछि शाहले सईमाथि हातपात गरे । पूर्वयुवराज शाह आइतबार आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पुगेका थिए।

    ड्युटीमा रहेका प्रहरीलाई कसैले हातपात गरेमा प्रहरीले सार्वजनिक अपराधमा मुद्धा चलाउन सक्छ। तर पीडित सईले कुनै पनि जानकारी नदिएकाले प्रहरीले कुनै पनि कारबाहीको तयारी गरेको छैन।

    विमानस्थल प्रहरी यस घटनामा खुलेर बोल्न चाहेको छैन। विमानस्थलका एसएसपी सन्दीप भण्डारी, एसपी कृष्ण कोइरालाले आफू बिदामा भएको भन्दै कुनै औपचारिक जानकारी दिन चाहेनन्।

    https://www.facebook.com/damodar.giri01/videos/1061155784080541/?t=17

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast