सोमबार, असोज ६, २०७६
    बिदेश

    चाडमा अन्तरजातीय हिंसा : सरकारद्वारा सङ्कटकाल घोषणा

    आईतवार, १ भाद्र २०७६, आहाखबर

    चाड, १ भदौ 

    चाडका राष्ट्रपति इद्रिस डेबीले देशको पूर्वी क्षेत्रमा रहेका दुई प्रदेशमा सङकटकालको घोषणा गर्नुभएको छ ।  

    अन्तरजातीय भिडन्त भएर हिंसात्मक घटना थप बढ्दै जाने भएपछि आइतबार उहाँले सङ्कटकालको घोषणा गर्नुभएको हो ।  

    अहिले सङ्कटकाल घोषणा गरिएको क्षेत्रमा भएको भिडन्तमा परी यही महिनाको झण्डै दश दिनमा चार दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ । 

    राष्ट्रपतिले घोषणा गरेको सङ्कटकाल तीन महिनाका लागि हो । अधिकारीहरुले दिएको जानकारी अनुसार सङ्कटकाल लागु गरिएको क्षेत्र सिला र औड्डाइमा यही अगस्ट ९ देखि अहिलेसम्ममा ५० जनाको मृत्यु भएको छ ।  
     
    आन्तरिक द्वन्द्व भएको ठाउँमा पशु गोठाला र आदिवासी कृषकहरुबीचमा झडप हुने गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast