सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    आईतवार, १ भाद्र २०७६, आहाखबर

    काठमाडाैं, १ भदाै ।

    बहुविवाहको मुद्दा खेपिरहेकी नायिका नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

    काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । यही कुरालाई लिएर शिल्पा उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी थिइन् ।

    चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजुरी दिएकी थिइन् । हेमाले प्रहरी वृत्त गौशालामा छवि र शिल्पालाई विपक्षी बनाई उजुरी दिएकी थिइन् । केही वर्षअघि छवि र शिल्पाबीच विवाह भएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast