शुक्रबार, मंसिर २०, २०७६
    ब्राण्ड/संगठन

    कुमारी जबकाे पहिलाे शाखा बुटवलकाे पुरानाे बसपार्कमा

    आईतवार, १ भाद्र २०७६, आहाखबर

    बुटवल, १ भदौ ।

    कुमारी जब प्रालिले शाखा बुटवलमा स्थापना भएकाे छ । बिगत ५ बर्षदेखि काठमाण्डौंको तिनकुनेमा सेवा दिँदै आएको कुमारी जबले शाखा विस्तारका क्रममा आफ्नाे पहिलो शाखा बुटवलमा विस्तार गरेको हाे। 

    कुमारी जबले लामाे समयदेखि विभिन्न रोजगारदाता कम्पनीहरुलाई कर्मचारी सप्लाई गर्दै आएको छ । यस सेवालाई विस्तार गर्न कु्मारी जबले राजधानी बाहिर आफ्नाे पहिलो शाखा सञ्चालन गरेकाे हाे ।

    आइतबार एक कार्यक्रमका बीच प्रदेश नं ५ का प्रदेशसभा सदस्य बिष्णु पन्थीले बुटवल शाखाको उद्घाटन गरे। कार्यालयको उद्घाटन गर्दै प्रदेशसभा सदस्य पन्थीले सम्भाव्यताका हिसावले बुटवल उपयुक्त स्थान रहेको बताउँदै त्यसले रोजगगारदाता कम्पनि र सिपयुक्त बेरोजगारहरुलाई रोजगारी प्राप्त गर्न सहज हुने विस्वाससमेत व्यक्त गरे ।

    यस्तै कार्यक्रममा पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले कुमारी जवको शाखा विस्तारले युवाहरुलाई विदेश पलायन हुनबाट रोकि स्वदेशमै रोजगार बन्ने वातावरण बन्न सक्ने बताए ।

    उद्घाटन कार्यक्रममा कुमारी जब प्रालिका प्रबन्ध निर्देशक सन्देश भण्डारीले यस क्षेत्रमा रहेका उद्योग कलकारखाना,बैंक वित्तिय संस्था,गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यससँग सम्बन्धित पर्यटकीय क्षेत्र,भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सम्पन्न भइसकेपछि यस क्षेत्रमा हुने रोजगारीको अवस्थालाई मध्यनजर गरी आफुहरुले बुटवलमा शाखा बिस्तार गरेको बताए ।

    रोजगारका लागि आउनेहरुसँग कुनै शुल्क नलिई रोजगारदाता कम्पनिबाटै शुल्क लिएर आफुहरुले कर्मचारी सप्लाई गर्ने बताउदै प्रवन्ध निर्देशक भण्डारीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसमेत रहेको जानकारी दिए । नेपाल सरकारले तोकेको न्युनतम ज्याला भन्दा कम ज्यालामा काम नलगाइने र कर्मचारी सञ्चयकोष वीमा सूविधा लगायतका सेवा सुविधासहित रोजगारी प्रदान गरिने उनकाे भनाइ छ ।

    प्रालिका प्रवन्ध निर्देशक भण्डारीको सभापतित्व र प्रदेशसभा सदस्य पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रालिका विभागिय प्रमुख अमृत तिमिल्सेना,प्रालिका आउट सोर्सिङ्ग डिपार्टमेनट प्रमुख भुवन गौतम,भाई इन्स्टिच्यूट बुटवलका प्रवन्धक निलम अधिकारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast