बिहिवार, असोज २, २०७६
    विज्ञान/प्रविधि

    भदौ १४ भित्र ग्रह र ताराको नेपाली नाम प्रस्ताव गर्न आहवान

    शनिबार, ३२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३२ साउन ।

    ग्रह र ताराको नेपाली राख्न पाइने भएको छ । अन्तरिक्षमा रहेको एउटा ग्रह ‘एचडी १००७७७बी’ र तारा ‘एचडी १००७७७’ को नेपाली नाम प्रस्ताव गर्न आहवान गरिएको छ ।

    अन्तरिक्षीय पिण्डको नामकरण गर्ने इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (आईएयू) ले १०० औं वार्षिकोत्सवको अवसरमा नेपाललाई ग्रह र ताराको नाम रोज्न दिएको हो । 

    प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ ।

    सोसाइटीका अनुसार नेपाली नाम राख्ने तारा करिब १७२ प्रकाश वर्ष टाढा छ । यो तारा हाम्रो सूर्यजस्तै छ । सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो । यो ताराको एउटा मात्र ग्रह सन २००७ मा पत्ता लागेको छ । नेपालीले नाम प्रस्तावित गर्ने ग्रह हाम्रो सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवको सम्भावना छैन । यसको चन्द्रमा समेत भेटिएको छैन तर चन्द्रमा भेटिए त्यहाँ जीव हुन सक्ने सोसाइटीले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast