बिहिवार, असोज २, २०७६
    सावधान

    सुन्धारामा होटलको चौथो तल्लाबाट हामफालेर महिलाले गरिन् आत्महत्या

    शनिबार, ३२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३२ साउन 

    सुन्धारामा नागराज होटेलको चौथो तलाबाट हामफालेर एक महिलाले आत्महत्या गरेकी छिन् । 

    ३८ वर्षीय दिलकुमारी गुरुङले नागराज होटेलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ। ‘होटेलमाथिबाट हाम्फालेर आत्महत्या गरेको भन्ने बुझिएको छ। थप घटनाको अनुसन्धान गरिरहेका छौं,‘ महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी वासुदेव खतिवडालले भने।

    उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धान देखिएको डिएसपी खतिवडालले जानकरी दिए।

    प्रहरीले अनुसन्धानका लागि उनका परिवारका  सदस्यलाई नियन्त्रणमा लिएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast