सोमबार, मंसिर २, २०७६
    लाइफस्टाइल

    गर्मिमा काखीलाई सफा र गन्धरहित राख्ने सरल उपाए

    शनिबार, ३२ श्रावन २०७६, आहाखबर

    काठमााडौँ, ३२ साउन 

    सौन्दर्य महिलहरुको सबैभन्दा ठूलो गहना हो । सुन्दर महिलाहरु भीडमा अलग देखिन्छन्, उनीहरुमाथि हरेक आँखा अडिने गर्छ ।

    तर, सुन्दरता भन्नाले अनुहार मात्र आकर्षक हुनु हो भन्ने सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । सुन्दरता त्यसलाई भनिन्छ जसले आफ्ना शरीरको हरेक अंगलाई सफा र सुन्दर राख्छ । जसमा अन्डरआम्र्स अर्थात काखी मुनिको भाग पनि एक हो । कालो काखीले महिलाको व्यक्तित्वलाई नै नकारात्मक प्रभाव पुर्‍याउँछ ।

    कालो काखी झट्ट हेर्दा नै भद्दा तथा फोहोरी देखिन्छ । मोइस्चराइजेसनको कमी, काखीमा भएका रौं निकाल्ने फरक-फरक तरीका, हार्मोनको गडबडि तथा वंशानुगत जस्ता धेरै कुराहरुका कारण तपाईंको काखी कालो र भद्दा देखिएको हुन सक्छ ।

    कालो र भद्दा काखीका कारण तपाईंलाई स्लिभलेस ब्लाउज, सिंगल स्टि्रप ड्रेसहरु लगाउन अप्ठ्यारो लाग्न सक्छ । कालो र भद्दा काखी हुनु भनेको सुन्दर नहुनु मात्र होइन, त्यसले तपाईंको बिग्रदै गएको स्वास्थको बारेमा समेत संकेत पनि गर्दछ ।

    यदि तपाईंको काखी अस्वभाविक रुपमा कालो छ भने तपाईंले तुरुन्त डाक्टरलाई जचाउनु पर्छ । यदि तपाईंको काखी मृत कोषिका र पसिनाका कारण कालो भएको हो भने केही घरेलु उपायहरुले तपाईं यो समस्याबाट छुटकारा पाउन सक्नु हुन्छ ।

     

    सामाग्री

    - तीन चिया चम्चा बिरे नून

    - तीन चिया चम्चा बेकिङ सोडा

    - तीन चिया चम्चा ह्वाइट भेनेगर

    - छ चिया चम्चा तातो पानी

     

    प्रयोग गर्ने विधि

    माथि उल्लेखित सबै कुरालाई एउटा कचौरामा हालेर मिसाउने । तयार भएको पेस्टलाई काखीा लगाएर २० मिनेट सुक्नका लागि छाडिदिने । मन तातो पानीमा सफा कपडा भिजाएर प्याक हटाउने ।

    त्यसो गर्दा तपाइर्ंको अन्डरआम्र्समा भएको कालो दाग कम हुँदै जान्छ । यो विधि हप्तामा एक पटक अनिवार्य रुपमा गर्नु पर्छ । बिस्तारै तपाईंको काखीको कालो दाग हटेर जान्छ ।

    काखी सेतो र सुन्दर हुँदा तपाईंको व्यक्तित्वमा पनि राम्रो प्रभाव पर्छ । यसका साथै तपाईं ढुक्क भएर स्लिभ लेस ब्लाउज, सिंगल स्टि्रप ड्रेसहरु लगाउन सक्नु हुन्छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast