सोमबार, भाद्र ३०, २०७६
    सार्क

    पूर्व वित्‍तमन्त्री तथा भाजपाका वरिष्ठ नेता अरुण जेटलीको अवस्था चिन्ताजनक

    शनिबार, ३२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३२ साउन 

    दिल्‍ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्‍थान (एम्‍स) अस्पतालमा  उपचाररत भारतका पूर्व वित्‍तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

    अरुण जेटलीलाई भेट्न मोदी सरकारका सबै मन्त्री केहीबेरमा अस्पताल पुग्दैछन् । केन्द्रीय राज्यमन्त्री जितेन्द्र सिंहले शनिबार बिहान एम्‍स पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

    बिहारका मुख्यमन्त्री नीतीश कुमार पनि आजै अरुण जेटलीलाई भेट्न दिल्‍ली पुग्नेछन् । यस अघि शुक्रबार राति गृहमन्त्री तथा बिजेपी अध्‍यक्ष अमित शाहले एम्‍स पुगेर जेटलीको अवस्थाबारे जानकारी लिएका थिए । एम्‍समा भर्ना भएका जेटलीको अवस्था शुक्रबार रातिदेखि थप नाजुक बनेको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast