सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    रहिनन् वरिष्ठ कलाकार सुभद्रा अधिकारी

    शनिबार, ३२ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३२ साउन 

    वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। 

    अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो । नेपाल चलचित्र कलाकार संघकी उपाध्यक्ष तथा अभिनेत्री रेजिना उप्रेतीले अधिकारीको आजै अन्त्यष्टि गरिने जानकारी दिईन् ।

    वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् ।

    नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । 

    अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् l

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast