मंगलवार, भाद्र ३१, २०७६
    शेयर बजार

    यी ४ सेयर कम्पनी जसकाे एक कित्ता सेयर किन्नै ५ हजार भन्दा बढी खर्चनुपर्छ

    शुक्रबार, ३१ श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३१ साउन ।

    धेरैलाई थाहा नै हाेला सबैभन्दा महंगो सेयर भएको कम्पनी कुन हाे ? कतिपयले अनुमान पनि लागाएकै हाेलान् । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको एक कित्ता सेयरकाे मूल्य १९ हजार ७ सय ९२ रुपैयाँ छ ।

    यो सबैभन्दा महंगो सेयर हो । यद्यपि यो सेयरको मूल्य घटेर यति आइपुगेको हो । यसको पछिल्लो कारोबार साउन २१ गते भएको थियो । सर्वाधिक महंगो भएकै कारण यसको सेयर धेरै किनबेच हुँदैन । 

    कम्पनीले चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरिसकेको छैन । तर प्राय यसले नाफा गरेको प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । तेस्रो त्रैमासलाई आधार मान्दा यसको प्रतिसेयर आम्दानी पनि २९४ रुपैयाँ रहेको छ । 

    राष्ट्रिय बिमा कम्पनी जुन सरकारी स्वामित्वको हो । यसको प्रतिसेयर आम्दानी ९ हजार ३ सय ३८ रुपैयाँ छ ।  यसको प्रतिसेयर आम्दानी पनि आकर्षक नै छ । चौथो त्रैमासको प्रतिवेदन प्रकाशित नगरिसकेको हुँदा यसको तेस्रो त्रैमाससम्मको अवस्था हेर्दा प्रतिसेयर आम्दानी २ सय ९२ रुपैयाँ ४५ पैसा छ । 

    यस्तै राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य ८ हजार ५ सय ४५ रुपैयाँ छ । 

    यता, बोटलर्स नेपाल तराईको पनि एक कित्ता सेयर किन्न ६ हजार ३ सय ९७ रुपैयाँ खर्चनुपर्ने अवस्था छ । यसको पछिल्लो कारोबार साउन २९ गते भएको थियो । यसले पनि चौथो त्रैमासको प्रतिवेदन प्रकाशित गरिसकेको छैन । तेस्रो त्रैमासलाई आधार मान्दा यसको प्रतिसेयर आम्दानी २ सय ५८ रुपैयाँ छ । 

    पछिल्लो समय सेयर बजारले गति पक्रिन नसक्दा सेयर कारोबार उकालो लाग्न सकेको छैन । तर, सेयर बजार सुधार नहुँदा पनि सबैभन्दा महंगो सेयर यी कम्पनीको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast