सोमबार, भाद्र ३०, २०७६
    कला-सौन्दर्य

    बलिउडका यी १० अभिनेत्रीहरु ! जो एकअर्काको ठुलो दुश्मन हुन् !!

    शुक्रबार, ३१ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३१ साउन । 

    बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् । जो एकअर्कालाई सिधा देखे पनि टाउको बटारेर हिड्छन् । किनभने उनीहरुको यसअघि नै ब्वाईफ्रेन्ड र फिल्मको होडबाजीले दुश्मनी रहेको छ । आज हामी बलिउडका त्यस्ता ठुलो दुश्मनी रहेको १० चर्चित अभिनेत्रीमा बारेमा कुरा गदै छौँ । हेर्नुस् को को हुन् ?


    रानी र ऐश्वर्या 

    बलिउडका चर्चित अभिनेत्री रानी मुर्खजी र ऐश्वर्या रायको पनि ठुलो दुश्मनी रहेको छ । उनीहरुको कुनै कार्यक्रममा भेट हुदाँ पनि टाउको बटारेर हिड्छन् । फिल्म ‘बन्टी र बबली’ को सुटिङमा क्रममा रानी मुर्खजी अभिषेकसँग नजिक भएकी थिइन् । त्यसपछि रानी र ऐश्वर्याको झगडा भयो ।

     

    दीपिका र कट्रिना 

    बलिउडकी नायिकाहरु मध्ये दिपिका पादुकोण र कट्रिना कैफ पनि एकअर्काका दुश्मन हुन् । दिपिका रणविरको प्रेममा पर्नुअघि यी दुवै जना एकदमै मिल्ने साथी थिए । तर पछी रणवीरको कारणले उनीहरु साथीबाट दुश्मन बने । भारतीय मिडियाहरुको अनुसार कट्रिनाकै कारण दीपिका र रणवीरको ब्रेकअप भएको थियो।

     

    कंगना र प्रियंका 

    अभिनेत्री कंगना रनौट र प्रियंका चोपडा पनि एकअर्काको ठुलो दुश्मन हुन् । उनीहरु कुनै कार्यक्रममा भेटेपनि अनुहार हेर्न समेत चाहदैनन् । किनभने उनीहरुको फिल्म ‘फेसन’ को सुटिङका क्रममा दुवैबीच विवाद उत्पन्न भएको थियो । जहाँ एकअर्काले मेरो कारणले फिल्म हिट भयो भनेर बताएका थिए ।

     

    प्रियंका र करिना 

    अभिनेत्रीहरुमध्ये करिना कपुर र प्रियंका चोपडाबीच पनि ठुलो दुश्मनी रहेको छ । किनभने एक समय दर्शक र फिल्मकर्मीले प्रियंकाको फिल्ममा मात्र प्रशंसा गर्थे । तर उता करिनाले प्रियंकाको कारणले आफु ओझेलमा परेको भन्दै मनमुटाव भएको थियो ।

     

    सोनाक्षी र जरिन 

    बलिउडकी अभिनेत्री सोनाक्षी सिंह र जरिन खान पनि एकअर्कामा दुश्मन हुन् ।सलमान खानको फिल्म ‘रेडी’ को एउटा गीत विमोचन कार्यक्रममा उनीहरुको शरिर ठोकिएको थियो । त्यसपछि उनीहरुको विस्तारै मनमुटाव सुरु भयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast