सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    रिलिज हुनु अघि नै प्रभासकाे 'साहो'ले कमायाे ३ अर्ब २० कराेड

    शुक्रबार, ३१ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, ३१ साउन ।

    साउथ इण्डियन सुपरस्टार प्रभास तथा बलिउड नायिका श्रद्धा कपुरको नयाँ फिल्म 'साहो' ले रिलिज अघि नै राम्राे बजार ओगटेको छ । हालसालै रिलिज यो फिल्मको ट्रेलरले निकै प्रशंशा बटुलेकाे छ । 

    फिल्मको ट्रेलर युट्युब ट्रेण्डिङकाे तेस्राे नम्बरमा छ । ३० अगष्टमा प्रदर्शनमा आउने यस फिल्मको भिएफएक्स, स्टन्ट सिन, फाइट सिक्वेन्सले दर्शकको खुबै माया पाएको छ। बहुप्रतिक्षित यस फिल्मको बजेट ३ सय ५० करोड रहेको बताइएको छ ।

    मिडिया रिपोर्ट अनुसार, यो फिल्मले रिलिज अगावै लगभग आफ्नो लगानी सुरक्षित गरिसकेको छ ।साहोले प्रदर्शनमा आउनुभन्दा अघि नै ३ सय २० करोड कमाइसकेको भारतीय मिडियाले जनाएका छन् ।

    मेकर्सले फिल्मको थिएट्रिकल राइट्स ३ सय २० करोडमा बिक्री गरेका छन् । अझै यो फिल्मको सेटेलाइट र ओटिटी प्लेटफर्म राइट्स बिक्री हुन बाँकी रहेको छ ।

    निर्माताले फिल्मको एक्सन सिन र भिएफएक्समा कुनै सम्झौैता गरेका छैनन् । सुजितको निर्देशन रहेको फिल्ममा प्रभासका अलावा श्रद्धा कपुर, ज्याकी श्रफ नील नितीन मुकेश, चङ्की पाण्डे लगाएतको अभिनय रहेको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast