सोमबार, असोज ६, २०७६
    कला-सौन्दर्य

    बलिउड अभिनेत्री विद्या सिन्हाको निधन

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    मुम्बई, ३० साउन।

    बलिउडकी चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको छ। फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाकाे उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    फोक्सो र मुटको समस्याबाट पीडित सिन्हाको केही दिनदेखि मुम्बइको जुहुस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। स्वस्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

    सिन्हा ७०–८० को दशककी चर्चित अभिनेत्री हुन्। उनका ‘छोटीसी बात’, ‘रजनीगन्ध’, ‘पति पत्नी औ वो’, ‘मुक्ति’ लगायतका फिल्म चर्चित मानिन्छन्। दुईवटा विवाह गरेकी उनी पछिल्लो समय एक्लै थिइन्। उनको मृत्युलाई लिएर बलिउडका थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast