बुधबार, असोज १, २०७६
    साहित्य

    राष्ट्रिय सम्मानका साथ गरियो वरिष्ठ साहित्यकार दीक्षितको अन्तिम विदाइ

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३० साउन । 

    पुराना पत्रकार, पूर्वीय दर्शनका ज्ञाता तथा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ बिहीबार पशुपतिको आर्यघाटमा अन्तिम विदाइ गरिएको छ। दिवंगत दीक्षितलाई उनका जेठा छोरा विनोदले दागबत्ती दिएका थिए।

    दीक्षितलाई श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती नेपाली कांग्रेसका नेता पू्र्णबहादुर खड्का पूर्वमन्त्री गणेश शाहलगायत विशिष्ठ व्यक्तिहरू आर्यघाट पुगेका थिए।

     निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार ‘डिस्चार्ज’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा बेहोश भएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

    नेपाल प्रज्ञा-प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् दीक्षितले। माधवी, द्रौपदी, अहिल्या ,ग्यास च्याबरको मृत्यु’ उनका चर्चित कृति हुन्। उनले आफ्नो जीवनकालमा  ४५ भन्दा बढी कृति प्रकाशित गरिसकेका छन्। उनी पछिल्लो समयमा पनि आफ्ना सहयोगीमार्फत लेखनमा सक्रिय थिए। 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast