शुक्रबार, मंसिर २७, २०७६
    स्वाद/परिकार

    शुक्रबारदेखि ह्यात होटलमा चाइनिज फुड फेस्टिवल

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३० साउन ।

    शुक्रबारदेखि ह्यात होटलमा सीचुआँ फूड फेस्टिबल आयोजना हुने भएको छ । शुक्रबारदेखि शुरु हुने फेस्टिबल आगामी अगस्ट २५ सम्म सञ्चालन हुने बताइएको छ ।

    चिनियाँ खानामा १३ वर्ष भन्दा बढी अनुभव भएका सेफ यमबहादुर क्षेत्रीले सीचुआँनी खानाको परिकारहरु बनाउनेछन् । सीचुआँन खाना विश्वमा लोकप्रीय खाना मध्येमा पर्छ । १० दिनसम्म चल्ले फेस्टिबलमा विभिन्न किसिमका परिकारहरुको स्वाद लिन सकिनेछ ।

    टमाटर र अण्डाड्रप सूप, चिनियाँ सलाद, चिकेनको विशेष परिकार, लसुन चाउँचाउँ लगायतका परिकारहरुको स्वाद लिन सकिने बताइएको छ ।

    फेस्टिबल बुधबार १६ अगस्टदेखि २५ अगस्टसम्म साझ ६ः३० देखि १० बजेसम्म सञ्चालन हुनेछ । फेस्टिबलमा स्वाद लिन चाहनेहरुका लागि २ हजार २ सय रुपैयाँ 'कर बाहेक' रकम लाग्ने बताइएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast