बिहिवार, असोज २, २०७६
    मुभी-थिएटर

    आर्यन र स्वस्तिमाको फिल्म ‘हजार जुनी सम्म’ प्रदर्शनमा, कस्ताे गर्ला व्यापार ?

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३० साउन ।

    आज नेपाली चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको छ। जनैपूर्णिमाको अवसर भन्दै चलचित्र ‘हजार जुनी सम्म’ बिहीबार रिलिज भएको छ।

    चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतका कलाकारको मुख्य भूमिका छ। विकासराज आचार्यको निर्देशनमा चलचित्र ‘हजार जुनी सम्म’ तयार भएको हो। कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङको लगानी छ।

    चलचित्रको सुरुवाती व्यापार औषत छ । बिहानी शोहरुमा दर्शकको उपस्थिती औषत रहेको बुझिएको छ। चलचित्र ‘हजार जुनी सम्म’ पूर्ण रुपमा पारिवारिक र प्रेम कथामा निर्माण भएको निर्माणपक्षले बताएको छ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast