सोमबार, असोज ६, २०७६
    बैंक-बीमा

    ४५.६१ प्रतिशतले बढ्याे बाणिज्य बैैंककाे नाफा

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    काठमाडौं, ३० साउन ।

    राष्ट्रिय बाणिज्य बैैंकले गत वर्ष १० अर्ब २२ करोड ९५ लाख ११ हजार ४ सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । चौथो त्रैमासमा मात्रै बैंकले २ अर्ब ८४ करोड ९७ लाख २९ हजार ९ सय ७३  रुपैयाँ खुद ब्याज आम्दानी गरेको हाे । 

    अघिल्लो बर्ष बैंकले ९ अर्ब ११ करोड ४२ लाख २९ हजार १ सय ९६ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

    बैंकले ५ अर्ब ३२ करोड ८३ लाख ७१ हजार ६६२ रुपैयाँ खुद नाफा गरेको छ । यो अघिल्लो बर्षको तुलनामा ४५।६१ प्रतिशतले नाफा बृद्धि गरेको हो । अघिल्लो बर्ष बैंकले ३ अर्ब ६५ करोड ९२ लाख ६७ हजार १ सय ७२ रुपैयाँ नाफा गरेको थियो । 

    बैंकले सर्वसाधारणतर्फ १ खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख ४४ हजार रुपैयाँ ऋण लगानी गरेको छ। 

    यस्तै १ खर्ब ९० अर्ब ३ करोड १४ लाख ७१ हजार निषेप संकलन गरेको छ । बैंकको सिडि रेसियो ७२.७८ प्रतिशत छ । बैंकको बेस रेट ५.५० प्रतिशत छ भने खराब कर्जा ३.९० प्रतिशत छ । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast