शुक्रबार, मंसिर २०, २०७६
    ब्राण्ड/संगठन

    युवाहरुको लागि सम्भावनाका ढोका खोल्दै – नसकिने के छ ?

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    काठमाडाैं, ३० साउन ।

    लायन्स र लियो क्लब अफ काठमाण्डौं 'अल्का'ले विगत केही समयदेखि समाजमा केही परिवर्तन र युवाको विकासको लागि कामहरू गर्दै आएकाे छ। जस अन्तर्गत लियो विनायक घिमिरेको नेतृत्वमा हालसालै “नसकिने के छ ?” भन्ने एक मोटिभेसनल कार्यक्रमको सुरुवात भएको छ ।

    कार्यक्रमको लागि लियो क्लब अफ काठमाण्डौंले कृत्य हव प्रालिलाई मिडिया पार्टनर र रेन्बो रेष्ट्रोलाई भेन्यू पार्टनरको रुपमा लिएको छ । “नसकिने के छ रु” एउटा यस्तो कार्यक्रम हो जुन नेपालमै बसेर धरै कुरा गर्न सम्भव छ, नसकिने के छ र ? भन्ने नाराका साथ लियो क्लब अफ काठमाण्डौँ अल्काले लिएर आएको छ ।

    शनिबार भएकाे उक्त कार्यक्रम नेपालमै बसेर राम्रो काम गर्दै आएका र विदेशीने सोच भएको समाजबाट बाहिरिएर सोच्ने व्यक्तिहरूकाे कथा र जीवन भोगाईका गाथा युवा लगायत लगानीकर्ताहरुको सामुन्ने प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा फुटवेयर टेक्नोलोजिष्ट अहमद दुल्ला, फण्ड रेजिङ्ग अफिसर तथा टिच फर नेपालका अलुम्नाई नावाङ्ग शेर्पा,  फिलोसोफर, लेखक, कलाकार, दि जेरोथ डाइमेन्सनका अन्वेषक आदर्श भट्टराई, पब्लिक हेल्थ कोअर्डिनेटर, एन.टि.ए.जि. हेड अफिस सन्देश अधिकारीकाे उपस्थिती थियाे । 

    यस कार्यक्रमलाई लाईभ शेसन मार्फत मात्र प्रस्तुत नगरेर सम्पूर्ण जनता र देशका विभिन्न ठाउँमा स्थित युवासम्म पुर्याउनु पर्ने खाँचो देखेर यस कार्यक्रमलाई डिजिटल सोसल मिडिया मार्फत सबै माझ पुर्याउन मद्दत गर्नका निमित्त कृत्य हव प्रा.लि. नेपालको एक उभरिँदै आएको एडभर्टाइजिङ्ग र विजनेस कन्सल्टेण्ट एजेन्सीले मिडिया पार्टनरको रुपमा सहयोग गरेको कुरा कृत्य हव प्रालिका सिईओ जनक सिंह धामीले बताए । 

    “नेपालमा गर्न चाहे प्रयास गरे सम्पूर्ण कुरा सम्भव छ” भन्ने कुरा विदेश जाने सोचमा भौँतारि रहेका युवामाझ बुझाउनु पर्ने र उनीहरुमा जागरण ल्याउनका निमित्त केही गर्ने सोच बोकेका युवा साथसाथै नेपालमै राम्रो काम गर्दै आइरहेका व्यक्तित्वहरुलाई प्लेटफर्म प्रदान गर्ने, यस्तो सोच भएका व्यक्तित्वहरुलाई जोड्ने उद्देश्यका साथ “नसकिने के छ ?” सुरुवात गरिएको लियो क्लब अफ काठमाण्डौँ अल्काका अध्यक्ष लियो विनायक घिमिरेले बताए । 

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast