आईतवार, भाद्र १, २०७६
    राज्य-समाज

    मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समुहद्धारा बम विष्फोट

    बिहिवार, ३० श्रावन २०७६, आहाखबर

    काठमाडौँ, ३० साउन ।
    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी विप्लव समुहले बम विष्फोट गराएको छ । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका शाहीलाई लक्षित बम विष्फोट भएको छ । 

    बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटबाट मानवीय क्षति भएको छैन ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast