शुक्रबार, मंसिर २७, २०७६
    राज्य-समाज

    २० दिन अघि मात्रै गुरु भन्दै प्रोफाइल तस्विर बनाएका थिए, फेरि किन रवि हत्यारा ?

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २९ साउन 

    सिधा कुरा जनतासँग टीमबाट दुई महिना अघि छुट्टिएर हालै माउण्टेन टेलिभिजनमा आबद्ध पत्रकार शालिकराम पुडासैनी साउन २१ गते चितवनको एक होटलमा आत्महत्या गरेको अवस्थामा भेटिए । प्रहरीले अनुसन्धान गर्दा दुरुत्साहनबाट आत्महत्या भएको र यसमा दुई पत्रकार र एक महिला जोडिएको भन्दै रवि लामिछाने प्रकरणमा मुछिए । रविले पुडासैनीको दाहसंस्कारपछि फेसबुक लाइभमार्फत नै स्पष्टिकरण दिइसकेका छन् ।
     
    बुधबार पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियो बाहिरिएको छ । जहाँ रवि लामिछानेलाई सहित अस्मिता (रुकु) कार्की, युवराज कँडेल नै हत्यारा भएको र उनीहरुलाई फाँसी दिनुपर्ने, मानसिक तनाव दिएको, रविले करोडौं पैसा खाने गरेको आरोप लगाइएको छ ।

    भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल गर्माएको छ । एकाथरी रवि लामिछानेको विरुद्धमा खनिएका छन्, उनका समर्थकहरुले पुडासैनीले गलफ्रेण्डका कारण डिप्रेशनमा गएर औषधि सेवन गर्दै आएको र यही कारण झुण्डिएको भन्दै म्यासेजका स्क्रिनसटहरु सार्वजनिक गरिरहेका छन् ।

    स्वयं शालिकराम पुडासैनीले पनि गत असार ३१ गते गुरुपूर्णिमाको दिन रविलाई गुरु मान्दै प्रोफाइल पिक्चर अपडेट गरेका छन् । २० दिन पछि नै फेरि किन रविलाई हत्यारा भन्दै फाँसीको माग गरे ? यस विषण्मा पनि रविका समर्थकहरुले आश्चर्य व्यक्त गरेका छन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast