शनिबार, मंसिर २१, २०७६
    राज्य-समाज

    पूर्णसरसफाइ रणनीतिक योजना २०७६ सार्वजनिक

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    भक्तपुर, २९ साउन

    सूर्यविनायक नगरपालिकाले ‘पूर्णसरसफाइ रणनीतिक योजना २०७६’ सार्वजनिक गरेको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेत र प्रदेश नं– ३ का प्रदेश सभा सदस्य शशीजङ्ग थापाले उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो ।

    कार्यक्रममा सांसद बस्नेतले भक्तपुरमा सञ्चालन भइरहेको विभिन्न सरसफाइसँगै मानिसको व्यक्तिगत र संस्थागत सरसफाइ पनि गर्नु आवश्यक रहेको आँैल्याउनुभयो । उहाँले घरघरमा उत्पादन हुने फोहरमध्ये कुहिने फोहरलाई प्रत्येक मानिसले घरमै मल बनाएर व्यवस्थापन गरे फोहर निकै कम हुने बताउँदै नगरपालिकाले घरको नक्सापासमासमेत एक आना जग्गा बराबर एक बिरुवा रौप्नैपर्ने नियम बनाउनुपर्नेमा जोड दिनुभयो । 

    उहाँले गत आवमा रु ८० करोडको लागतमा शुरु भएको हनुमन्ते करिडोर चालू आवमा आउने रु डेढअर्बको लागतमा निर्माण सम्पन्न भएसँगै अबका दुई वर्षमा हनुमन्तेमा सफा पानी बग्ने बताउनुभयो । उहाँले सल्लाघरामा निर्माण हुन लागेको ट्रिटमेन्ट प्लानले भक्तपुर र चाँगुनारायण नगरपालिकाको तथा बालकुमारीमा निर्माण हुन लागेको  ट्रिटमेन्ट प्लानले सूर्यविनायक र मध्यपुरको ढल प्रशोधन गर्ने तथा भएका समस्या समाधान हुने भनाइ राख्नुभयो । 

    प्रदेशसभा सदस्य थापाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सूर्यविनायकको विकासमा सक्दो टेवा पु¥याएको भन्दै सूर्यविनायक नमूनाको नगरपालिका बन्ने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य रजनी जोशी, नगरपालिकाका उपप्रमुख जुना बस्नेत, यूएन ह्याबिटेड्की प्रतिनिधि पार्वती दङ्गाललगायतले दुई वर्षभित्र सूर्यविनायक पूर्ण सरसफाइयुक्त नगरपालिका बन्ने बताउनुभयो । 

    नगरपालिकाका प्रमुख वासुदेव थापाले विसं २०७८ सम्ममा सूर्यविनायकको १० वटै वडालाई पूर्ण सरसफाइयुक्त र २०७९ मा सिङ्गो नगरपालिकालाई पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने बताउनुभयो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast