बुधबार, भाद्र ४, २०७६
    विज्ञान/प्रविधि

    कस्मिर विवादबारे बाेल्दा राखी सावन्तकाे ट्विटर अकाउन्ट नै बन्द

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    नयाँ दिल्ली, २९ साउन ।

    जम्मू–कस्मिर विवादबारे मुख खाेल्दा बलिउड अभिनेत्री राखी सावन्त ट्विटर अकाउन्ट नै बन्द भउकाे छ । उनले जम्मू–कस्मिरबारे भारत सरकारले उठाएको कदम सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै बनाएको भिडियो सामाजिक सञ्जालमा शेयर भएर चर्चा पाएसँगै उनको ट्विटर अकाउन्ट बन्द भएको हाे ।

    बलिउड अभिनेत्री राखी सावन्तले संविधानको धारा ३७० को खारेजको सन्दर्भमा दिएको यस अभिव्यक्तीले सामाजिक संजालमा चर्चा पाएको छ । कारमा बनाएको उनको भिडियो ट्विटरमा शेयर भएपछि उनको अभिव्यक्ती उत्तेजक र सामाजिक सद्भाव खलबल्याउने भएको र नियम तोडेको कारण देखाउँदै ट्विटरले अकाउन्ट सस्पेन्ड गरिदिएको छ ।

    उनले भिडियोमा भनेकी छिन्, ‘मोदी जि धन्यवाद ! हाम्रो कानुन त्यहाँ लागू भएको छ । कस्मिर हाम्रो भएको छ । मलाई तपाईंप्रति गर्व छ । तपाईं एकदमै महान् हुनुहुन्छ ।’ उनले भिडियोमा नारा लगाउँदै भनेकी छिन्, ‘हाम्रा नेता कस्ता छन्, हाम्रा प्रधानमन्त्री कस्ता छन्, मोदी जी जस्ता छन्’ । उनले अगाडि भनेकी छिन्, ‘मोदी जी, तपाईं करोडौँ वर्षसम्म बाँचिरहनुहोस् । हामी सबै तपाईंकै सन्तान हौँ ।’

    भिडियो बनाउँदै राखीले भनेकी छिन्, ‘म आफ्ना निर्देशक तथा प्रोड्युसरलाई धन्यवाद भन्न चाहान्छु । जसले मलाइ धारा ३७० फिल्ममा लिएका छन् ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast