मंगलवार, कार्तिक ५, २०७६
    पर्यटन समाचार

    सरकारले माग्यो भ्रमण वर्ष २०२० का लागि निजी क्षेत्रसँग कार्यक्रमको प्रस्ताव

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडाैं, २९ साउन । 

    सरकारले भ्रमण वर्ष २०२० का लागि निजी क्षेत्रसँग सहकार्य गर्ने किसिमका कार्यक्रमको प्रस्ताव मागेको छ । भ्रमण वर्ष २०२० सचिवालयले सूचना जारी गर्दै निजी क्षेत्रसँग भ्रमणसम्बन्धी कार्ययोजनाको प्रस्ताव मागेको हो ।

    सभा–सम्मेलन, सेमिनार, अन्तरक्रिया, प्रदर्शनी, मेला, उत्सव–महोत्सव, परिचयात्मक भ्रमण, विशेष जात्रा एवम पर्वजस्ता गतिविधि सञ्चालनमा सचिवायले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । यसबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्राण्ड प्रवद्र्धनका कार्यक्रममा पनि सचिवालयले सहकार्य गर्ने प्रस्ताव गरेको छ ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी अघि बढाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast