बिहिवार, असोज ३०, २०७६
    अावास-निर्माण

    सुन्धाराको नारा : झिल्के टावर चाहिँदैन ! नवनिर्माण होइन, पुनर्निर्माण गर

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    २९ साउन, काठमाडौं । 

    धरहरा निर्माणको विरोध गर्दै राजधानीमा अभियन्ताहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी केहीबेर झडपसमेत भएको थियो ।

    धरहरा पुनर्निर्माण रोक्न माग गर्दै प्रदर्शन भएको छ । सुन्धारा मासेर ‘झल्के टावर’ बनाउन खोजेको भन्दै स्थानीयबासीले प्रदर्शन गरेका हुन् ।

    अहिले निर्माण भइरहेको धरहरा ऐतिहासिक धरहरा नभएको भन्दै उनीहरुले पुनर्निर्माण रोक्न माग गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल समेत भएको थियो ।

    स्थानीयले सुन्धारा क्षेत्रमा भूकम्प स्मारक बनाउनुपर्ने माग गर्दै आएका छन्। तर सरकारले भने त्यहाँ बहुउद्देश्यीय पार्क बनाउने तयारी गरिरहेको छ।

    धरहरा निर्माणका क्रममा उपाकु जाने ऐतिहासिक बाटो बन्द गरिएकोमा पनि केही समय अगाडि स्थानीयले विरोध गरेका थिए । सो क्रममा उनीहरुले काठमाडौं मलबाट सुन्धारा प्रवेश गर्ने स्थानमा बनाएको टहरा भत्काइ खुल्ला गरेका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast