मंगलवार, कार्तिक ५, २०७६
    मुभी-थिएटर

    अजय-काजोलको जोडी एकसाथ पर्दामा देखिँदै

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २९ साउन

    बलिउडमा लोकप्रिय जोडीमध्येका अजय देवगन र काजोल एक हुन् । यी दुई जोडी अब एकैसाथ फिल्ममा देखिने भएका छन् । रोमान्टिक कमेडी फिल्ममा उनीहरू सँगै देखिने खुलासा भएको छ ।

    समाचारका अनुसार देवगन परिवार कम्पनीले फिल्मको कथालाई ध्यानमा राख्दै तीनवटा शीर्षक दर्ता गरेको छ। स्क्रिप्टमा अझै काम भइरहेको छ । 

    रिपोर्टका अनुसार, काजोलको जन्मदिनमा अजयसँग समय बिताउन भुज जाँदै गरेको बेलामा फिल्मबारे योजना बनेको हो । 

    अहिले यसबारे दुवै जना केही बोल्न भने चाहँदैनन् । बलिउड सञ्चारमाध्यमका अनुसार फिल्मको कहानी एक परिपक्व जोडी र उनीहरूको रोमान्स आधारित हुनेछ ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast