शनिबार, भाद्र ७, २०७६
    सावधान

    अख्तियारमा भ्रष्टाचारको मुद्धा लागेपछि ७ पूर्वकर्मचारीले गरे आत्महत्या

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २९ साउन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगकामा भ्रष्टाचारको मुद्धा लागेपछि अहिलेसम्म सात जना पूर्वकर्मचारीले आत्महत्याको गरेका छन् । 

    भ्रष्टाचारको आरोप लागेपछि मालपोत अधिकृत तथा नेपाली कांग्रेस पर्वतका सचिव रहेका युक्तप्रसाद श्रेष्ठ पूर्वसचिव दिनेशचन्द्र प्याकुरेल, नासु केदारनाथ ढुंगाना, प्रेमलाल चौधरी र सानु बन लोडर, रामबहादुर पाण्डे, र हरिप्रसाद आचार्यले आफ्नो जीवन नै समाप्त पारेका छन । 

    आत्महत्या गर्ने कर्मचारी यी हुन

    दिनेशचन्द्र प्याकुरेल पूर्वसचिव (अकुत सम्पत्ति)
    केदारनाथ ढुंगाना, नासु (अकुत सम्पत्ति)
    प्रेमलाल चौधरी र सानु बन लोडर (३३ किलो सुन)
    युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्य, नासु (ललिता निवास जग्गा प्रकरण)
    रामबहादुर पाण्डे, वरिष्ठ अधिकृत, त्रिवि (९ लाई ६९ अंक बनाउने)

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast