बुधबार, भाद्र ४, २०७६
    राज्य-समाज

    नेकपा सचिवालय बैठक फेरि स्थगित, सकिएन स्कूल विभागको किचलो

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २८ साउन । 

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ। बुधबारका लागि डाकिएकाे बैठक स्कुल विभागसहित जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि फेरि स्थगित भएको हाे ।

    पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तर मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन्।

    स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्व छान्न पूर्व एमालेलाई हम्मेहम्मे परेको ती सदस्यको दाबी छ।

    यस्तै बुधबार बिहान ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलिसम्म लागि स्थगित भएको सूचना जारी गरिएको हो।

    सचिवालय बैठक बुधबार तीन बजेका लागि डाकिएकोे थियो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचार गरेर सिंगापुरबाट फर्किएकै भोलिपल्ट अर्थात साउन २८ गतेका लागि तोकिएको बैठक पहिले आन्तरिक छलफल गर्ने र आज अर्थात बुधबार बैठक डाक्ने जानकारी ओलीले सचिवालय सदस्यहरुलाई दिएका थिए।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast