बुधबार, कार्तिक ६, २०७६
    अध्यात्म चर्चा

    यी हुन् भाग्य चम्काउने वास्तु शास्त्रका आठ नियम

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडाैं । वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, 'वास्तु शास्त्र' भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ। वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ।

    हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।

    शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तु शास्त्रमा अनेकौं उपाय सुझाइएका छन्। वास्तु शास्त्रबारे यहाँ केही जानकारी प्रस्तुत गरेका छौ।

    पर्खालको मोटाइः घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ। सडकभन्दा अग्लो हुनुपर्छ।

    जमिनः घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस्। सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ।

    दक्षिण पश्चिममा अग्ला रुखः घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस्। यी रुखले आर्थिक स्थिरता ल्याउँछन्। यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन्।

    घरको बीच भाग खालि राख्नेः घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन। यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस्। यो भागलाई ब्रह्मस्थान मानिन्छ।

    भण्डार कक्ष कहाँ राख्नेः भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ।

    झ्याल ढोकाको सफाइः घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ। यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ।

    मुख्यद्वारको सजावटः घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ। घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ। अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ।

    चराहरूलाई दानापानी दिन डुँडः घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ।

    प्याजी रंगः घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ। यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast