शनिबार, मंसिर २८, २०७६
    खेल संसार

    एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह ए मा

    बुधबार, २९ श्रावन २०७६, आहाखबर

    काठमाडौं, २९ साउन । 

    इरानमा आयोजना हुन लागेको एएफसी फुटसल च्याम्पीयनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । आयोजक एएफसीले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । 

    कात्तिकमा आयोजना हुने छनोटमा नेपाल समूह ए मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान छन् । समूह बी मा घरेलु टोली इरान, किर्गिस्तान र तुर्किमिनिस्तान छन् । 

    नेपालले पहिलो खेल ताजकिस्तानसँग खेल्नेछ । दोस्रो खेल उज्वेकिस्तानसँग खेल्ने नेपालले समूहको अन्तिम खेल अफगानिस्तानसँग खेल्नेछ । 

    समूहका शीर्ष टोली अन्तिम चरणमा पुग्नेछन् । अन्तिम चरणको खेल तुर्किमिनिस्तानमा हुनेछ । नेपाल छनोटको तयारीमा जुटेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast