शनिबार, भाद्र ७, २०७६
    यातायात

    धादिङ दुर्घटना : ४ जनाको अवस्था गम्भीर

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    काठमाडौँ, २८ साउन

    ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको बोलेरो जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ पुगेको छ । चार जनाको अवस्था गम्भीर छ । 

    धादिङबेँसीबाट मैदीतर्फ जाँदै गरेको बा१३च ५२३० नंको बोलेरो जिप दुर्घटना भएको थियो । घाइते सबै एउटै गाउँका भएको प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । 

    यात्रु र सामानले खचाखच भरिएको जिप उकालोमा गुड्न नसक्दा दुर्घटना भएको घाइते यात्रु पौषप्रसाद तिवारीले बताउनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई काठमाडौँस्थित ट्रमा सेन्टर  पठाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast