शनिबार, भाद्र ७, २०७६
    स्वास्थ्य

    मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै

    मंगलवार, २८ श्रावन २०७६, आहाखबर

    हेटौँडा, २८ साउन

    मकवानपुरमा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हालसम्म डेङ्गुका बिरामीको सङ्ख्या बढेर १२४ पुगेको छ । 

    साउन १० गते यहाँ डेङ्गुको सङ्क्रमण देखिएको थियो ।  डेङ्गुबाट जोगिन लामखुट्टे नियन्त्रणको आवश्यकता छ । सरसफाइ तथा लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहले जानकारी दिनुभयो । बालबालिका, वृद्धवृद्धा, गर्भवती र सुत्केरीलगायत डेङ्गुबाट प्रभावित छन् । 

    डेङ्गुबाट सबैभन्दा बढी प्रभावित हेटौँडा उपमहानगरपालिका–४ मा बृहत् सरसफाइ तथा डेङ्गु नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरिएको  उपमहानगरपालिका जनस्वास्थ महाशाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो । डेङ्गु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान तीव्र पारिएको छ । 

    नियन्त्रणमा नआएपछि प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य निर्देशनालयले डेङ्गु रोगको अवस्था र यसको नियन्त्रणको प्रयासबारे बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेभएको छ ।

     

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast